राष्ट्रियसभा निर्वाचन–२०८०– सुदूरपश्चिम प्रदेशमा गठवन्धनका उम्मेदवार विजयी

  ०८० माघ १२ गते

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट तीन जना सदस्यका लागि ०८० माघ ११ गते सम्पन्न भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवारहरु विजयी हुनुभएको छ ।

विजयी हुनेहरुमा सत्तारुढ गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसबाट बलदेव बोहरा, नेपाली कांग्रेसका तर्फबाट अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरतर्फ नारायणदत्त भट्ट र सत्ता गठबन्धन महिला तर्फ नेकपा माओवादी केन्द्रबाट रेनु चन्द रहनुभएको छ  ।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष र प्रदेश सभाका सदस्यहरुले गर्नुभएको मतदान अनुसार मतगणना कार्य सम्पन्न भएको र सत्ता गठवन्धनका उम्मेदवारहरुको मतभार बढिभएकोले उहाँहरु विजयी हुनुभएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अधिकृत प्रेमराज भट्टले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठवन्धनको ४ हजार ४ सय ५७ र एमालेको १ हजार ४ सय ८० गरी ६ हजार १ सय मतभार रहेको थियो ।

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट तीन रिक्त पदका लागि तीन राजनीतिक दल नेपाली कांग्रेसबाट बलदेव बोहरा, नेपाली कांग्रेस अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट नारायणदत्त भट्ट, सत्ता गठबन्धन महिला तर्फ नेकपा माओवादी केन्द्रबाट रेनु चन्द, नेकपा एमालेबाट इश्वरीप्रसाद खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्ग तथा  अल्पसङ्ख्यक कलस्टरबाट रामचन्द्र जोशी उम्मेदवार रहनु भएको थियो ।


इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी