राष्ट्रवादी युवा समूह र प्रहरीबिच झडप, नौ जना प्रहरी घाइते, चार जना गिरफ्तार
नेपालगञ्ज उप–महानगरपालिका–१ वीरेन्द्र चोकमा राष्ट्रवादी युवा समूहले राखेको पूर्व राजा वीरेन्द्रको शालिक प्रहरीले हटाए पछि उक्त समूह र प्रहरीबिच जेठ १९ गते झडप भएको छ ।
झडपमा नौ जना प्रहरी समान्य घाइते भएका छन् भने प्रहरीले चार जनालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
त्यस लगत्तै प्रहरीले शालिक हटाएपछि सोही समूहले न्यूरोडमा रहेको सहिद सेतु विकको शालिक तोडफोड गरेको छ ।
पूर्वराजा वीरेन्द्रको अर्ध कदको शालिक प्रहरीले हटाउदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था आएपछि प्रहरीले पाँच राउण्ड हवाई फायरसमेत खोल्नु परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनु भयो ।
घटना लगत्तै नेपालगञ्ज उमनपाका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राइले घटना स्थलमा पुगेर नेपालगञ्जमा कायम रहेको सामाजिक सद्भावमा खलल नपुर्याउन आग्रह गरेका छन् ।
समाचार तयार पार्दासम्म घाइते र गिरफ्तार हुनेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने…
प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते
सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया…
कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार…
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।…