राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि

राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि सुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ ।

सो पदका लागि वाम गठबन्धनको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काङ्ग्रेसका तर्फबाट कुमारीलक्ष्मी राईले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले सो पदमा मतदान गर्नेछ ।


अनलाइन डेस्क