राष्ट्रपतिद्वारा मिटरब्याजसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले ०८० वैशाख २० गते मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८० जारी गर्नुभएको हो ।
मिटरब्याज पीडितको समूहसँग ०७९ चैत १७ गते गरेको सहमति अनुसार ०८० वैशाख १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य भएकाले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुनी रूप दिन राष्ट्रपति समक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो ।
मन्त्रीपरिषद्को उक्त सिफारिस अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गर्नुभएको हो ।
यसैबीच अध्यादेश जारी भएसँगै सरकारसँग ०७९ चैत १८ गते सम्झौता गरेका मिटरब्याजविरुद्धको सङ्घर्ष समिति नेपालसँग आवद्ध अभियन्ता सङ्घर्ष दाहालले इन्सेक प्रतिनिधिसँग कुरा गर्दै सरकारले अध्यादेश मार्फत मिटरब्याजलाई अनुचित लेनदेनको रूपमा परिभाषित गरी सम्बन्धित कानुनमा संशोधन प्रकृया अगाडि बढाएकाले सरकारको यस कदमलाई स्वागतयोग्य भएको बताउनु भयो ।
दाहालले अध्यादेश बमोजिम कानुन संसोधनको प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउन सरकारलाई अनुरोध गर्नुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…