राष्ट्रपतिद्वारा टिकापुर घटनामा सजाय पाएका चार जना सहित ६ सय ७० जनालाई आममाफी
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा टिकापुर घटनामा संलग्न चार जना सहित ६ सय ७० जनालाई भुक्तान हुन बाँकी रहेको कैद कट्टा गरी आममाफी दिनुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले ०८० असोज २ गते विज्ञप्ति जारी गर्दै भिम बहादुर खवास लगायत ४ सय ९७ जना, हर्क बहादुर लिम्बु लगायत १ सय ७० जना र ज्येष्ठ नागरिक सहन्दीन मियाँ भनिने सम्दीन मियाँ लगायत तीन जना गरी ६ सय ७० जनाको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिनुभएको हो ।
राष्ट्रपति कार्यलयले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७, कारागार नियमावली २०२०, को साविकको नियम १ र १ (क) तथा ज्येष्ठ नागरिक ऐन २०६३, को दफा १२ का आधारमा कैदीको सजाय माफी गरेको जनाएको हो ।
राष्ट्रपति पौडेलले कैद सजाय माफी दिनुभएका कैदीमध्ये टीकापुर घटनामा दोषी भई कैलाली कारागारमा रहेका तीन जना र पोखरा सुधार गृहमा रहेका एक नाबालक पनि रहेका छन् । टीकापुर घटनामा अदालतबाट दोषी भई कैलाली कारागारमा रहेका टीकापुर नगरपालिका-४, ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका-७, मोतीपुरका हरिनारायण चौधरी र जानकी गाउँपालिका-७, लट्कनियाका प्रदीप चौधरी रिहा भएका हुन् । उनीहरू टीकापुर घटना मुद्दामा आठ वर्षदेखि कैदी जीवन भोग्दै आएका थिए ।
राष्ट्रपति पौडेलले टीकापुरमा भएको थरुहट आन्दोलनको घटनामा तीनै तहका अदालतबाट जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते कैद सजाय माफी मिनाह गर्नुभएको थियो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…