रामेछाप कारागारमा क्षमाता भन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा कठिनाई
कारागार शाखा रामेछापमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कैदी वन्दिहरूलाई समस्या भएको छ । कारागारमा क्षमता भन्दा १ सय ८७ जना बढी कैदीबन्दी रहेका छन् ।
‘घ’ श्रेणीको जिल्ला कारागारको बन्दी क्षमता १ सय जनाको छ । तर, २ सय ६० जना कैैदी र २७ जना थुनुवा गरी २ सय ८७ जना छन् ।
क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कोचिएर बस्नु पर्ने समस्या भएको कैदिबन्दीहरूले बताए । धेरै कैदीबन्दी हुँदा शौचालय प्रयोग तथा पानीको समेत समस्या हुने गरेको उनीहरूले बताए । यसैगरी कोठामा समेत क्षमताभन्दा बढी बस्नु पर्दा समस्या हुने गरेको उनीहरूको भनाई छ ।
कारागारमा कैदीबन्दीहरूको सङ्ख्या बढे पनि पूर्वाधार भने व्यवस्थित हुन सकेको छैन । कारागारमा उचित पुस्तकालय, सरसफाई, पर्याप्त खेल मैदानलगायतको समस्या रहेको छ ।
कारागार शाखा रामेछापका जेलर प्रमोद अधिकारीका अनुसार जेलमा २०७२ सालका भूकम्पपछि महिला कैदीबन्दी राख्ने भवन भत्किएका कारण महिलाहरूलाई अन्यत्रै सरूवा गरिएको छ ।
भूकम्पपछि जेलमा केही भवनहरू बनेकाले ती भवनहरूको समेत उपयोग गरी कैदीबन्दीहरूलाई व्यवस्थापन गरिएको अधिकारीले बताए । तर, कारागारमा पानीको भने निक्कै समस्या रहेको उनले बताए । ‘दुःख सुख अन्य कुराको व्यवस्थापन गरेका छौँ । तर, पानीको भने निक्कै सङ्कट छ ।’–उनले भने ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…