रामेछाप कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी
रामेछाप कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेका छन् । ‘घ’ श्रेणीको कारागारको क्षमता २ सय २० जनाको छ । तर कारागारमा त्यसको डेढ गुना बढी अर्थात् ३ सय १७ जना कैदी बन्दी राखिएको छ ।
कारागारमा महिला कैदी बन्दी क्षमता अनुसार नै रहेका भए पनि पुरुष भने क्षमता भन्दा बढी राखेको छ ।
२० जना क्षमता रहेको महिला कारागारमा १८ जना महिला कैदी बन्दी राखिएको छ । जसमा कैद सजाय तोकिएका ११ जना महिला रहेका छन् । त्यस्तै थुनुवा तर्फ ७ जना महिला कारागारमा रहेको कारागारका अहेब राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
२ सय जना पुरुषको क्षमता रहेको पुरुष कारागारमा २ सय ९९ जना कैदी बन्दी रहेका छन् । बस्नेतका अनुसार २ सय ३९ जना कैद सजाय तोकिएका पुरुषहरू कारागारमा छन् भने ६० जना थुनुवा पुरुष रहेका छन् । कारागारमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिक ६ जना पुरुष रहेका छन् ।
क्षमताभन्दा बढी बन्दी र कैदी हुँदा एउटै कोठामा धेरैजना कोचिएर बस्नु परेको कारागारका बन्दी श्याम घिमिरेले बताउनुभयो । यसरी बस्दा पानी, फोहोरमैला व्यवस्थापन र सरसफाइमा समस्या हुने गरेको छ । सङ्क्रामक र सरुवा रोग फैलिँदा यस्तो अवस्थामा रोग नियन्त्रणमा लिन निक्कै कठिन हुने घिमिरेको भनाइ छ ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…