रामेछाप कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु
रामेछाप कारागारमा सजाय भोगिरहेका उमाकुण्ड गाउँपालिका-६, रोटेका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको उपचारका क्रममा ०८० भदौ ४ गते मृत्यु भएको छ ।
कारागार कार्यालय, रामेछापका प्रमुख रूपलाल तामाङका अनुसार भदौ ४ गते बिहान शौचालय जाने क्रममा लडेर घाइते हुनुभएका श्रेष्ठलाई तत्काल जिल्ला अस्पताल रामेछापमा भर्ना गरिएको थियो । उहाँको उपचारको क्रममा सोही दिन मृत्यु भएको हो । शवको पोष्टमार्टम भदौ ५ गते सोही अस्पतालमा गरी परिवारलाई बुझाइएको छ ।
१४ वर्षीया र १६ वर्षीया बालिकालाई ०७७ असार २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले श्रेष्ठविरूद्ध असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले श्रेष्ठलाई असार २६ गते गिरफ्तार गरेको थियो । प्रहरीले श्रेष्ठविरूद्ध ०७७ साउन १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा ०७८ कात्तिक ९ गतेको आदेशले ६ वर्ष तीन महिना कारागारको फैसला सुनाएको थियो ।
श्रेष्ठ पक्षघात र उच्च रक्तचापका बिरामी भएको र नियमित औषधि सेवन गर्दै आउनुभएको कारागार प्रमुख तामाङले जानकारी दिनुभयो ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…