रामेछापमा २४ ओटा मतदानस्थल अति सुरक्षा संवेदनशील
जिल्लाका २४ ओटा मतदानस्थललाई स्थानीय तह निर्वाचनमा अति सुरक्षा संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिको वैशाख २३ गतेको बैठकले जिल्लाका ९२ मतदान स्थल मध्ये २४ ओटालाई अतिसंवेदनशील सूचिमा राखेको हो ।
विगतको अवस्था र अहिलेको अवस्थालाई मध्यनगर गरेर २४ मतदान स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएस्पी राजकुमार थिङले बताउनुभो ।
उहाँका अनुसार ९२ मतदान स्थल मध्ये २४ अति संवेदशील २७ संवेदशील र ४१ सामान्यको सूचीमा राखिएको छ ।
जिल्लमा स्थानीय तह निर्वाचनको लागि ९२ स्थानमा २ सय २३ मतदान केन्द्रहरु रहेका छन् ।
जिल्ला सुरक्षा समितिका अनुसार मन्थली गनरपालिका–३ को कठजोर १० को चनखु १२ को गेलु, १३ र १४ को फुलासीलाई अतिवेदनशीलको सूचिमा राखेको छ ।
त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वरा, लखनपुर, डडुवा सुर्के, सुनापति गाउँपालिकाको डहु, गुन्सी, दिमीपोखरी लगायतका मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
नबराज पथिक
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…