रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको पद रिक्त, स्वास्थ्य सेवा प्रभावित
रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाशप्रसाद साहका अनुसार अहिले रामेछाप जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा १ सय ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ ।
दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको साहले बताए । 'दुई चार जना भएपो यता उता गरेर मिलाउनु, १ सय भन्दा बढी दरबन्दी खाली भएपछि कसरी मिलाउनु ?'-साहले भने । उनले जनशक्तिको अभावले जिल्लाका धेरै स्वास्थ्य संस्थाहरू थोरै जनशक्तिले धान्न बाध्य भएको बताए ।
रिक्त रहेका दरबन्दीहरूमा पदपूर्तिको लागि लोकसेवा आयोगमा लेखी पठाएको उनले बताए । तर, आएका कर्मचारीहरूको एकै पटक केन्द्रले सरुवा गरिदिँदा समस्या हुने गरेको उनले बताए । पछिल्लो समय एकैचोटी ३५ जना स्वास्थ्यकर्मीको सरुवा भएको उनले बताए । ती ठाउँमा अन्य कर्मचारी नपठाएकोले समस्या परेको उनको भनाइ छ ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…