रामेछापका १९ ओटा स्वास्थ्य संस्थाको निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या
रामेछापमा निर्माणाधीन १९ ओटा स्वास्थ्य संस्थाका भनव निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।
२०७२ सालमा आएको भूकम्पले क्षति पुर्याएका सहित १९ ओटा स्वास्थ्य संस्थाको भवन निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नगर्दा निर्माण कार्य पूरा हुन सकेका छैन । स्काई विवश निर्माण सेवाले भवन निर्माणको काम अलपत्र पार्दा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थालाई सेवा प्रवाहमा कठिनाई भएको हो ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट निर्माण सुरु गरिएका स्वास्थ्य चौकीका कुनै पनि भवनको निर्माण सम्पन्न भएका छैनन् । दुई ओटा स्वास्थ्य संस्थाका भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि बाँकी अलपत्र अवस्थामा छन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार सो कम्पनीले १५ महिनामा काम सक्ने गरी ०७८ वैशाख ८ गतेबाट जिल्लाका विभिन्न १९ ओटा स्वास्थ्य संस्थाको भवन निर्माणको कामको थालेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि ०७९ चैत २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक म्याद थप गरिएको थियो । पहिलो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि ०८० मङ्सिर २० गतेसम्म काम सक्ने गरी अन्तिम पटक म्याद थप गरिएको छ । अन्तिम पटक थपिएको म्याद पनि सकिएको छ । तर निर्माण कम्पनीले रोकिएको निर्माणको काम सुरु गरेको छैन ।
पटक पटक म्याद थप गर्दा समेत काम सक्न अटेर गरिरहेको निर्माण कम्पनीले अब पाँच महिनामा काम सक्ने प्रतिबद्धता जनाएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापकी प्रमुख रमिता श्रेष्ठले बताउनु भयो ।
समय भित्र काम नसके निर्माण कम्पनीलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले १९ ओटा स्वास्थ्य संस्था मध्य दुई ओटाको काम अन्तिम चरणमा पुगेको र बाँकी १७ ओटा मध्ये अधिकांश स्वास्थ्य संस्था निर्माणको ८० प्रतिशत काम पनि भएको छैन ।
सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार ११ वटा स्वास्थ्य चौकी भ्याट बाहेक १९ करोड ३७ लाख ८७ हजार र आठ ओटा स्वास्थ्य चौकी २० करोड ५२ लाख ४५ हजार रुपियाँ लागतमा निर्माण गर्ने सम्झौता भएको छ ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…