रामराजा क्याम्पस प्रमुखको हत्या घटनाका आरोपित गिरफ्तार
रामराजा मोहविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख आदर्शकोतवाल गाउँपालिका-२ खजुरिया टोलका ४८ वर्षीय हरिभुषण कुशवाहालाई ०८१ जेठ ३२ गते बेलुका पाँच बजे बतरा र मटियानी टोलस्थित बीच सडक खण्डमा गोली प्रहार गरी हत्या गरेको आरोपमा मृतकका छिमेकी दुई जना १५ वर्षीय बालकसहित सात जनालाई खजुरीया टोलबाट असार १ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।
कुशवाहाको हत्यामा संलग्न रहेको आशङ्कामा सात जनालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेकाले आरोपितहरूको नाम सार्वजनिक नगरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले इन्सेकका बारा जिल्ला प्रतिनिधिलाई जानकारी दिनु भयो । उहाँले जेठ ३२ गते गोली प्रहार भएपछि पीडितलाई उपचारको लागि वीरगंजस्थित बयोदा अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको बताउनु भयो ।
कुशवाहले गत निर्वाचनमा वडा नं २ का वडा अध्यक्षलाई सहयोग गरेको भन्दै आरोपितले पटक पटक ज्यान मार्ने धम्की दिएको र ज्यान मार्ने प्रयास गरेको आरोपमा एक वर्ष अगाडि मृतकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडीत पक्षले बताउनु भयो ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
देबाही गोनाही नगरपालिका–३ देबाही टोलका ७० वर्षीय कञ्चन बैठामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका आरोपित निजका छोरा ३० वर्षीय रविन बैठाविरुद्ध प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाम ०८१ मङ्सिर…
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…