राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले गरेको प्रदर्शनमा झडप, केही प्रहरी र प्रदर्शनकारी घाइते

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले चैत २४ गते काठमाण्डौंमा गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच  झडप केही प्रहरी र प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरुले निषधित क्षेत्र तोड्न खोजे पछि प्रहरीले  प्रदर्शनकारीलाई रोक्न खोज्दा झडप भएको हो ।

झडपमा प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् भने चार जना अन्य प्रहरीहरु घाइते भएका छन् । यसैगरी प्रदर्शनकारी तर्फ २७ जना समान्य घाइते भएको र १२ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले निषधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई रोक्न खोज्दा झडप भएको बताउनु भयो ।


इन्सेक बागमती प्रदेश कार्यालय, काठमाण्डौं