राजर्षि जनक विश्वविद्यालयमा दुई विद्यार्थी सङ्गठनबीच झडप

  ०८१ असोज ८ गते

Photo 20240925 Janakpurdham (3)

जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्द चोकस्थित राजर्षि जनक विश्वविद्यालयमा लोकतान्त्रिक समाजवादी र अखिल क्रान्तिकारीका विद्यार्थीहरूबीच २०८१ असोज ८ झडप भएको छ ।

राजर्षि जनक विश्वविद्यालय क्याम्पसमा असोज ८ गतेदेखि इन्टर्नल एसेसमेन्ट परीक्षा सञ्चालन हुने भनि असोज ७ गते विश्वविद्यालय प्रशासन र दुई स्वतन्त्र विद्यार्थी सङ्गठनबीच सहमति भएको थियो । तर, असोज ८ गते परीक्षा सञ्चालन गर्ने समयमा अखिल क्रान्तिकारिका सभापति पदका प्रत्याशी श्याम साह पक्षले प्रशासन शाखामा तालाबन्दी गरेपछि दुई सङ्गठनबीच विवादहुँदा झडप भएको राजर्षि जनक विश्वविद्यालयका सभापति प्रवेश यादवले जानकारी दिनु भयो ।

अखिल क्रान्तिकारीका सभापति पदका प्रत्याशी साहलाई पटकपटक फोनमार्फत सम्पर्क गर्दा सम्पर्कमा नआएको र क्याम्पसका प्रमुख डाक्टर सरोज कुमार ठाकुर बाहिर रहेको उहाँले बताउनु भयो ।

झडपमा परि अखिल क्रान्तिकारीका दुई जना विद्यार्थीहरू घाइते भएका छन् । घाइते हुनेहरूमा अखिल क्रान्तिकारी सभापति प्रत्याशी २४ वर्षीय श्याम शाह, २३ वर्षीय राकेश पण्डित छन् । घाइते उनीहरूको उपचार सोही दिन स्थानीय क्लिनिकमा भयो । उनीहरूलाई सामान्य चोट लागेको र अहिले अवस्था सामान्य रहेको बलवा प्रहरी चौकीका असइ अभिनेश मिश्राले जानकारी दिनु भयो ।

Photo 20240925 Janakpurdham (4)

Photo 20240925 Janakpurdham (1)


सन्तोष कुमार यादब