राजपा नेपालका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण, जनजीवन प्रभावित
दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गर्न भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको दोस्रो दिन जेठ ३१ गते रौतहटमा सो पार्टीका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् ।
बन्दकर्ताहरूले बिहानैदेखि जिल्ला सदरमुकाम गौरलगायत गरुडा, कटहरीया, पिपरामा टायर बालेर अवरोध पुर्याउनुका साथै केही सवारी साधनमाथि तोडफोड समेत गरे । बन्दकर्ताले बिहान गौरस्थित बसपार्कमा पार्किङ्ग गर्न ल्याउँदै गरेको सशस्त्र प्रहरीको ना.३.ख. ५६२२ नम्बरको बसमा गौर नपा-३ कविर चोकमा तोडफोड गरे ।
यसैगरी राजपाका कार्यकर्ताहरूले भारतीय गाडीमा गस्तिमा हिँडिरहेका नेपाल प्रहरीमाथि आक्रमण गरी गाडीमा तोडफोड गर्न लाग्दा प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा एक प्रहरी जवानको हात भाँचिएको जनाइए पनि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले झडपका क्रममा एक प्रहरी जवान सामान्य घाइते भएको बताए । उक्त झडपका क्रममा प्रहरीले राजपाका कार्यकर्ताहरू रामेश्वर राययादव, वच्चा राययादव र कमलेस सिन्हालाई गिरफ्तार गरेको छ ।
यसैगरी राजपाका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै गरुडा बजारमा एक ट्रकमा तोडफोड गरेको जनाइएको छ । बन्दका कारण जिल्ला सदरमुकामबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरू चल्न सकेनन् ।
विपिन गौतम
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…