राजपाका कार्यकर्ताद्वारा मतदान अधिकृतको तालिममा अवरोध
स्थानीय तहको दोस्रो चरणको चुनावको लागि जिल्ला निर्वाचन कार्यालयले कलैयामा जेठ २९ गते आयोजना गरेको मतदान अधिकृतको तालिममा अवरोध पुर्याउन खोजेपछि राजपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।
कलैयास्थित रामराजा क्याम्पसमा सञ्चालित ४ सय जना सहभागी मतदान अधिकृतको तालिम सुरू हुनासाथ २०/२५ जनाको सङ्ख्यामा पुगेका राजपा कार्यकर्ता र प्रहरीबिच झडप भएको प्रहरीले जनाएको छ । त्यस क्रममा प्रहरीले समान्य लाठी चार्ज गर्दै राजपाका कार्यकर्ताहरूलाई तितरबितर पारेको थियो ।
प्रहरीको लाठी चार्जले ४/५ जनालाई समान्य चोटपटक लागेको राजपाका जिल्ला कार्यकर्ता रमेश सर्राफले बताए ।
झडपपछि सुरक्षाकर्मी परिचालन गरेर कडा सुरक्षाबिच दिउँसोदेखि तालिम सुरू गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेश सर्राफले बताए ।
उनीहरूको अवरोधले दुई दिनको तालिम एक दिनमै सीमित गरिएको बताइएको छ । राजपाका कार्यकर्ताले कलैयामा महिला विकास कार्यालयको ना२झ २४०२ नम्बर र ना३च ६८८ नम्बरको निजी गाडीमा तोफोडसमेत गरेका छन् ।
लक्ष्मी सोनार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…