राजनीतिमा अपराधीकरणले मानव अधिकार उल्लङ्घनः सदस्य पौड्याल
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले नेपालको राजनीतिमा अपराधीकरण हावी भएकाले मानव अधिकार उल्लङ्घन नघटेको बताए । उनले चुनाव जित्नका लागि होस् या अरु कुनै गतिविधि गर्दा कानुनी शासन भन्दा पनि अपराधिक गतिविधि गर्ने गरेको टिप्पणी गरे ।
मानव अधिकारको वर्तामान अवस्था तथा निर्वाचन अनुगमन तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताए । अझै पनि राजनीति दलका कार्यकर्ताहरूले अनुगमनका गएका मानव अधिकारकर्मी तथा पत्रकारहरूलाई कुटपिट गर्ने, आयोगका गाडीहरू जलाउने गरेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग स्थापना राजनीति दलहरूको मनसायले दर्ता नभएको भन्दै पत्रकार नागरिक समाजको पहल तथा सर्वोच्च अदालतको आदेशमा नेपालमा आयोगको स्थापना भएको उनले बताए ।
आयोगका सदस्य पौडेलले आयोगको स्थापना पश्चात नेपालमा मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा भूमिका खेल्दै आएको बताए । आयोगले सिफारिस गरेका क्षतिपूर्तिको हकमा मात्र सरकारले कार्यान्वयन गर्ने गरेको र कारबाही गर्ने कुरा भने कार्यान्वयन नगर्ने गरेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सोपकोटाले मानव अधिकारलाई राज्यले मौलिक हकका रूपमा स्थापित गरिसकेको बताए । उनले भने-'राज्यका निकायहरूले मानव अधिकार संरक्षण सम्बर्द्धनमा दत्तचित्त भएर लागिपरिरहेका छौँ ।'
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाका कार्यालय प्रमुख मानबहादुर कार्कीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा जिल्लाका कार्यालय प्रमुखले भने अनुसार फिल्डमा नहुने गरेको बताए । उनले भने-'स्वास्थ्य संस्थामा कतै औषधि तथा कतै स्वास्थ्यकर्मीको अभाव छ । यस विषयमा सम्बन्धित निकाय सचेत हुनुपर्छ ।'
कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले आगामी स्थानीय निर्वाचनमा शिक्षक तथा बालबालिकालाई प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले जुम्ला, मुगु र कालिकोटमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका विषयमा अनुगमन गर्ने क्रममा जुम्ला आइपुगेको हो ।
आयोगका सदस्य पौड्यालको नेतृत्वमा केन्द्रीय कार्यालयका योजना अधिकृत डा. टिकाराम पोखरेल, मानव अधिकार अधिकृत घनश्याम भण्डारी, उपक्षेत्रीय कार्यालय जुम्लाका नासु राजेन्द्र न्यौपानेलगायतको टोलीले निर्वाचन पूर्व मानव अधिकारको अवस्थाका विषयमा अधिकारकर्मी, पत्रकार र नागरिक समाज लगायतसँग जानकारी लिएको छ ।
सरकारद्वारा ०७४ वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन पूर्व राजनीतिक दल र दलका भातृ सङ्गठनका गतिविधिले मानव अधिकारमा पर्न सक्ने प्रभाव, बालबालिकाको प्रयोगलगायतका विषयमा जानकारी लिन अनुगमन सुरु गरिएको आयोगले जनाएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…