राजनीतिक विषयलाई लिएर आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ४१ वर्षीय देवराज बस्नेतले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चैत ९ गते बोटलले आक्रमण गरी घाइते बनाएको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ता बस्नेतले विकास निर्माणको कुरा लिएर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ४१ वर्षीय मिलन राई र ३१ वर्षीय पासुहाङ्ग राईले बोटल प्रहार गरी घाइते बनाएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
विकास निर्माणको कुरा र राजनीतिक विषयलाई लिएर बस्नेतमाथि कुटपिट भएको जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष शङ्कर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बोटल प्रहारबाट टाउकोमा चोट लागेका पीडितको चिसापानी स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचार न्यूरो अस्पताल विराटनगरमा भइरहेको जन्तेढुङ्गा गाउँपालिका–५ का स्थानीय बाजेन्द्र विष्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बस्नेत आरोपितद्वयले बोटल प्रहार गरी घाइते बनाएको भन्दै चैत १० गते इलाका प्रहरी कार्यालय चिसापानीमा उजुरी दिएको इन्स्पेक्टर समित कुशवाले बताउनु भयो ।
घटनाका विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…