राजनीतिक दलहरूले व्यक्त गरेका नौ बुँदे प्रतिबद्धताको सूची प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण
नागरिक समाजले राजनीतिक दलहरूले व्यक्त गरेकाप्रतिबद्धताको नौ बुँदे सूची वैशाख ८ गते प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
नागरिक समाजको प्रतिनिधित्वगर्दै एफडब्लुएलडी अधिवक्ता सुनिलकुमार श्रेष्ठ, फातिमा फाउन्डेसनकी मैमुना सिद्धीकी , मानव अधिकार रक्षक रविन्द्र कर्ण, एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतम र इन्सेकका टेकनाथ आचार्यको टोलीले उक्त सूचि प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई हस्तान्तरण गरेको हो ।
प्रजिअ खत्रीले ले स्थनिय निर्वाचनको संघारमा सबै राजनीतिक दलहरूलाई एकै ठाउँमा राखेर निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउनको लागि लिइएको प्रतिवद्धता निकै महत्वपूर्ण रहेको बताउनु भयो ।
खत्रीले राजनीतिक दलहरूले जनाइएका प्रतिबद्धताले आफूहरूलाई सहयोग पुर्याएको बताउदै सबै पक्षबाट गरिने यस्ता दवावले राजनीतिक दलहरूलाई नैतिक दवाव सृजना गर्ने बताउनु भयो ।
बाँके जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकारलगायतको उपस्थितिमा ०७८ चैत २४ गते स्थानियतहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन सरोकारवालाहरूको प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रममा जनाइएका प्रतिबद्धताहरू समेटिएको थियो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…