राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन
राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण विपरित सप्तरीमा चुनावी प्रचारप्रसार अभियान जारी राखेका छन् ।
निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।
यसैगरी दफा १२ को उपदफा (त) मा दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख छ ।
राजविराज नगरपालिका–६ स्थित गणेश मन्दिरमा नेपाल लोकतान्त्रिक पार्टी र वागेश्वरी मन्दिरमा जनमत पार्टीले निर्वाचन चिन्ह अंकित झण्डा झुण्ड्याएका छन् ।
यसैगरी नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोकतान्त्रिक समाजवादी पाटी, नेकपा (एकिकृत समाजवादी), राप्रपा, जनमत पार्टी, नेपाल लोकतान्त्रिक पार्टीलगायत दलहरुले सडकका पोलहरुमा निर्वाचन चिन्ह अंकित झण्डा र तोरणहरु झुण्ड्याएका छन् ।
आचारसंहिता विपरीत र्याली
राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण विपरित सप्तरीमा जनमत पार्टीले वैशाख १८ गते चुनावी प्रचारप्रसार अन्तर्गत जुलुस, र्याली गरेको छ ।
नगर प्रमुखका उम्मेदवार ममता झाको राजविराज नगरपालिका–६ स्थित घरबाट निक्लिएको आधा दर्जन बढी डिजे साउण्ड बक्स र ठूला ठूला हर्न (माइक) सहित दर्जनौ चारपाङ्ग्रे गाडी र १ सयभन्दा बढी मोटरसाइकलको र्यालीले नगर परिक्रमा गरेको छ । र्यालीमा सहभागीहरुले निर्वाचन चिन्ह अंकित भेष्ट र टिसर्ट पहिरिएका छन् ।
र्यालीमा आचारसंहिताले तोकेको आकारभन्दा ठूलो झण्डाहरुको प्रयोगसमेत गरिएको छ । उक्त ¥याली अनुमाति नलिई गरिएको र आचारसंहिताबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भइरहेको सिडिओ जनार्दन गौतमले बताउनुभयो ।
निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (ख) मा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने उल्लेख छ । उपदफा (ग) मा जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने व्यवस्था छ ।
यसैगरी उपदफा (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोल बोक्न नहुने भनिएको छ । उपदफा (थ) मा चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने उल्लेख छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…