राजनीतिक दलबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, आचारसंहिता विपरीत चुनावी प्रचार अभियान जारी
जिल्लाका राजनीतिक दलले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचार अभियान जारी राखेका छन् ।
निर्वाचन आयोगले मतदानको १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा र घरदैलो गर्न पाउने आचारसंहिता बनाएको भए पनि जिल्लामा गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ०७९ असोज ३० गतेबाट नै संयुक्त रूपमा जुलुस, सभा र घर दैलो कार्यक्रम गरिरहेका छन् । गठबन्धन दल र उम्मेदवारहरू गाउँ गाउँमा चुनावी सभा तथा घरदैलोमा छन् ।
यसै गरी नेकपा एमालेले पनि असोज २८ गते देखिनै चुनावी कार्यक्रम सुरु गरिसकेको छ । एमालेका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरू घरदैलो, टोल भेला, सभा तथा मतदाताको घरदैलो कार्यक्रममा छन् ।
यो सबै सूचना भए पनि जिल्ला निर्वाचन कार्यालय निर्वाचन अयोगले कुनै कारबाहीको प्रक्रिया अघि बढाएको छैन । राजनीतिक दलले चुनावी कार्यक्रमको तालिका नै बनाएर प्रचार अभियान सञ्चालन गरेका छन् ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
द्वन्द्ध पीडितलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधन गर्न एलाइन्सको माग
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधनको माग गरेको छ । एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले चैत ६ गते विज्ञप्ती जारी गरी नेपाल…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…