राजनीतिक दलको घोषणा पत्रमा खाद्य अधिकारको सवाल उठाउन सञ्जालको माग
जिल्ला खाद्य अधिकार सञ्जाल दार्चुलाले स्थानीय तह निर्वाचनमा खाद्य अधिकारको सवाल उठाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
राजनीतिक दलले जारी गर्ने घोषणा पत्र र प्रतिबद्धतामा खाद्य अधिकारलाई उठाउन खाद्य अधिकार सञ्जालले जेठ १ गते आग्रह गरेको हो ।
२० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा गरिब तथा खाद्य अधिकारबाट वञ्चित भएका आम नागरिकको समस्यालाई मध्यनजर गर्दै दलको घोषणा पत्रमा खाद्य अधिकारको सवाललाई प्राथमिकता दिन सञ्जालले माग गरेको हो ।
संविधानको धारा ३६ मा नागरिकलाई खाद्यसम्बन्धी हक हुनेछ भन्ने उल्लेख भएबमोजिम हरेक नागरिकको खाद्य अधिकार संरक्षण गर्न माग गरिएको जिल्ला खाद्य अधिकार सञ्जालका अध्यक्ष नारायण जोशीले बताए ।
झण्डै ५३ प्रतिशत गरिबी रहेको दार्चुलामा विपन्न समुदाय, राउटे समुदाय, मुक्त हलिया तथा खलिया, चरिचरन क्षेत्रमा आश्रति समुदाय, एचआइभी सङ्क्रमित, एकल महिला तथा बालबालिका, भूमीहीन तथा साना किसान, प्रकोप पीडित समुदायको अधिकार संरक्षण गर्न समेत सञ्जालले माग गरेको छ ।
सञ्जालको सचिवमा इन्सेक
यसैबिच दार्चुलामा खाद्य अधिकार सञ्जाल पुनर्गठन गरिएको छ । खाद्य अधिकार सञ्जालको जेठ १ गते खलङ्गामा बसेको बैठकले सञ्जाल पुनर्गठन गरेको हो । बैठकले सञ्जालको सचिवमा इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीलाई चयन गरेको छ ।
२०६८ सालमा दार्चुलामा गठन भएको सञ्जालमा पहिलो पटक इन्सेक प्रतिनिधिलाई सञ्जालको सचिवमा चयन गरिएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…