राजनीतिक दलका प्रतिनिधिहरूद्वारा बालबालिकाहरूको प्रयोग नगर्ने प्रतिबद्धता

  ०७९ वैशाख १४ गते

राजनीतिक दलका प्रतिनिधिहरूले स्थानीय तह निर्वाचानमा बालबालिकाहरूको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।

सिजप, इन्सेक, सिविन र स्याक नेपालको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्जको समन्वयमा वैशाख १४ गते आयोजित स्थानीय तहको निर्वाचन र बालबालिकाका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा सिजपका अध्यक्ष राजेश शर्माले स्थानीय निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नहुने बताउनु भयो । शर्माले बाल अधिकार, निर्वाचन आचार संहिता, बालबालिका सम्बन्धी ऐन २०७५का विषयमा प्रस्तुती गर्नु भयो ।

photo2022042701bake

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख झङ्करबहादुर रावलले कुनै पनि बहानामा बालबालिलाई  प्रयोग गर्न नहुने बताउनु भयो ।

नेपाली कांग्रेसका जिल्ला सचिव सुधान्सु कोइराला, नेकपा समाजवादीका रामजी पाठक, जसपाका अरुण सिंहलगायतले  बालबालिका काँचो माटो भएकाले उनीहरूलाई स्थानीय तह निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्ध्ता जनाएका थिए ।

स्याक नेपालका शिवलाल पाण्डेले विगतमा निर्वाचनमा दलहरू बालबालिकाहरूको प्रयोग गर्ने गरेको पाइएको बताउदै यसलाई रोक्न राजनीतिक दलहरूकै मुख्य भूमिका खेल्नु पर्ने बताउनु भयो ।

यसैगरी सिविन नेपालगञ्जका प्रमुख सिद्दराज पनेरुले राजनीतिक दलहरूको इच्छा शक्ति भए बालबालिकाको प्रयोगलाई रोक्न सकिने बताउनु भयो ।

Commitment20220427banke


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज