राजनीतिक अस्त्र र लाभका लागि विद्यालय प्रयोग नगर्न सरोकारवालाहरूको जोड
काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले कुनै पनि दल वा सङ्गठनले राजनीतिक अस्त्र र लाभका लागि विद्यालय र बालबालिका प्रयोग गर्न नहुने बताएका छन् ।
विद्यालयमा बमकाण्डविरूद्ध नागरिक समाजका सञ्जालहरूको साझा पहल-२०७३ को आयोजनामा काठमाडौँमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले उक्त कुरा बताएका हुन् ।
काठमाडौँ र ललितपुर जिल्लाका आधा दर्जन भन्दा बढी विद्यालयमा असोज ४ गते बम विष्फोट तथा विष्फोटक पदार्थ राखिएको घटनाका विषयमा सिजप, एनसिएपी, एटवीन, एजुकेश्नल जर्नालिष्ट ग्रुप, बालगृह सञ्जाल नेपाललगायतका संस्थाले असोज ५ गते संयुक्त रूपमा आयोजना गरेको छलफल कार्यक्रम आयोजना गरेका थिए ।
सरोकारवालाहरूले विद्यालय शान्ति क्षेत्र भएको र कुनै पनि व्यक्ति, समूह, सङ्गठन वा दलले आफ्नो स्वार्थ प्राप्तिका लागि बालबालिकाहरूको जीवन वा उनीहरूको पठनपाठन गर्न पाउने अधिकारप्रति खेलवाड गर्न नहुने भन्दै बम विष्फोट घटना आतातीय भएको बताएका छन् ।
नेपाल शिक्षक महासंघका महासचिव तिलक शर्माले कसैलाई पनि बालबालिकाको ज्यान लिने र उनीहरूलाई पठनपाठन गर्न पाउने अधिकारबाट वञ्चित गराउने अधिकार नभएको बताए ।
एन प्याव्सनका अध्यक्ष कर्ण शाहीले विद्यालय शान्ति क्षेत्र घोषणा कागजमा समिति भएकोप्रति खेद प्रकट गर्दै बम विष्फोट गराउने समूहले राखेको माग छलफलबाट टुङ्ग्याउनुपर्ने बताए ।
उनले कमजोर शिक्षा नीति र सरकारको प्रमुख प्राथमिकतामा विद्यालय क्षेत्र नपरेकै कारण राजनीतिक कुसंस्कारको विकास भएको बताए । उनले सरकारको उदासिनताका कारण बालबालिकाहरू पढ्न पाउने अधिकारबाट वञ्चित हुने गरेको उल्लेख गरे ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष कृष्ण सुवेदीले राजनीतिक उद्देश्य प्राप्तिका लागि हतियार उठाउने दिन गइसकेको भनी सबै पक्षले बुझन आवश्यक भएको बताए । अध्यक्ष सुवेदीले आन्दोलनको स्वरूप परिवर्तन गरी आफ्ना माग राख्न सबैमा आग्रह गर्दै भविष्यमा यस्ता घटना हुन नदिन राज्यले तत्काल गम्भीर कदम चाल्न आवश्यक रहेको बताए ।
शिक्षा विभागकी प्रतिनिधि कमला ज्ञवालीले शिक्षा विभागका प्रतिनिधि कमला ज्ञवालीले विभिन्न विद्यालयमा भइरहेको बमकाण्डका कारण विद्यालय र विद्यार्थी असुरक्षित रहेकाले विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न मन्त्रालयले केन्द्रीय शान्ति सुरक्षा अनुगमन समितिसँग छिट्टै बैठक बस्ने जानकारी दिइन् ।
शिक्षाका लागि राष्ट्रिय अभियानका सुरेन्द्रमान श्रेष्ठले बम विष्फोट घटनाले विद्यालय क्षेत्रलाई आतङ्कित तुल्याएको भन्दै बालबालिकाहरूलाई मानसिक, शारीरिक तथा भौतिक क्षति पुगेको बताए । उनले शिक्षा क्षेत्रमा देखिएको विकृति र शिक्षाको अधिकारको सुनिश्चितताका लागि सबै सङ्घसंस्था र सरोकारवाला निकाय एकजुट हुनुपर्ने बताए ।
अनेरास्ववियुका प्रवक्ता तथा सचिव आरसी लामिछानेले बम विष्फोट घटना आफ्ना कुरा राख्न सक्ने नैतिक धरातल समाप्त भएपछिको परिणाम भएको टिप्पणी गरे । उनले बम विष्फोट घटनाको घोर भत्र्सना गर्दै हिंसात्मक आन्दोलन आजको आवश्यकता नभएको भन्दै आन्दोलनको स्वरूपलाई सबै दल वा सङ्गठनले पुनर्विचार गर्नुपर्ने बताए । प्रवक्ता लामिछानेले विद्यालयमा बम विस्फोट गराउने समूह राजनीतिक समूह नभई अपराधिक समूह भएको भन्दै घटनामा संलग्न अपारधीलाई कारबाही गर्न माग गरे ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले बम विष्फोट घटना हिंसात्मक गतिविधि भएको भन्दै घटनालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने बताए ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…