'रहस्यमय मृत्यु' भएको घटनाको अध्ययन गर्न संसदको कार्यदल धादिङमा
काभ्रे जिल्ला पाँचखाल नपा-६ होक्सेका १७ वर्षीय अजित मिजार ढकालको 'रहस्यमय मृत्यु' भएको घटनाको सम्बन्धमा छानबिन गर्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित अध्ययन कार्यदलले भदौ २३ गते धादिङमा नागरिक समाज र जिल्लाका सरोकारवालासँग छलफल गरेको छ ।
कार्यदलका संयोजक कमला दोङको नेतृत्वमा धादिङ आएका सांसदहरू खड्गबहादुर बस्याल, उषा यादव, दुलारी हरिजन, नरमान कामी, बसुन्धरा रोकायालयागतको टोलीले नागरिक समाज र सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।
कार्यदलले मिजारको लास भेटिएको स्थल, प्रहरीले लास गाडेको स्थलको स्थलगत अध्ययन गरी प्रहरी, प्राथमिक स्वास्थ्य केन्द्र, घटनाका सरोकारवाला पक्षहरूसँग बेग्लाबेग्लै छलफल गरेको जनाएको छ ।
गत असार २९ गते बेलुका घरमा फोन सम्पर्क भएपछि हराएका मिजारको लास असार ३० गते बिहान धादिङको मलेखुस्थित यात्रु प्रतिक्षालयमा त्रिपालले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको थियो ।
मृत भेटिएकोले अपहरणपछि उनको हत्या भएको परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले भदौ १२ गते आरोपित मध्येका काभ्रे जिल्ला पाँचखालका भोजबहादुर पराजुली, उनका छोरा विनोद भनिने टेकबहादुर पराजुली र एक जना महिलालाई गिरफ्तार गरी अनुसन्धानको लागि हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीले घटनाको प्रभावकारी अनुसन्धान नगरेको, परिवारका सदस्यहरू घटनाको बारेमा बुझन आउँदा दुर्व्यवहार गरेको, पोष्टमार्टम गर्न डाक्टरलाई दबाब दिएर लगाएको र परिवार सम्पर्कमा आउन लाग्दा खाडल खनेर लास गाडेको, त्यसपछि सो स्थानमा खटिएका प्रहरीलाई सरुवा गरी घटनालाई लुकाएको सरोकारवालाहरूले आरोप लगाउँदै आएका छन् ।
घटनाको अध्ययन अनुसन्धान गर्न आएको संसदीय कार्यदललाई समेत घटना लुकाउने कोसिस गरेको र सूचना दिन समेत आनाकानी गरेको टोलीले जनाएको छ ।
कार्यक्रमममा दलित भएकै कारण मिजारको 'हत्या' भएकोले यस घटनाको छानबिनले दलितहरूको पक्षमा राज्यले लागु गरेको अग्राधिकारको नीति अनुसारको कामको प्रारम्भ हुने संसद खड्गबहादुर बस्यालले बताए ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…