रसुवा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जिल्ला कारागार रसुवामा क्षमताभन्दा चार गुणा बढी बन्दी रहेका छन् । ‘ङ’ श्रेणीको जिल्ला कारागारको क्षमता २५ जनाको छ । तर ९८ कैैदी र १२ थुनुवा गरी एक सय १० जना छन् । जसमा महिला ६ जना छन् ।

Rasuwa karagar (3)

इन्सेकका रसुवा जिल्ला प्रतिनिधिले गरेको कारागार अनुगमनका क्रममा कारागारमा क्षमताभन्दाबढि बन्दी रहेकोले सुत्न तथा शौचालय, पानीको प्रयोगमा समस्या परेको बन्दीहरूले गुनासो गरे । ६५ वर्षमाथिका एक पुरुष छन् । क्षमताभन्दाबढि बन्दी रहेकोले यहाँका स्वास्थ्य परीक्षण, खानेपानी, शौचालय जस्ता अत्यावश्यक सेवामा समस्या रहेको बन्दीहरू बताउँछन् ।

२०३३ सालमा निर्माण भएको यस कारागारको तीन वटा मध्ये पुरुष बस्ने दुई भवन जीर्ण छन् । क्षमताभन्दा चार गुणा कैदीबन्दी भएकाले कोचिएर बस्नुपर्ने बाध्यता रहेको कारागारका निमित्त प्रमुख जेलर जीवन अधिकारीले बताउनुभयो । २०३३ सालमा निर्माण गरिएको यस कारागारको भवन जीर्ण छन् । विनाशकारी भूकम्पपछि केही कोठाहरू जस्तापाताले बेरेर बनाएको छ । चिसो बढी भएको कारण बन्दीहरू समस्या परेको उनले बताए ।

कारागारमा क्षमताभन्दा झण्डै चार गुणा कैदीबन्दी रहेकोले जस्ताका स–साना कोठामा कोचिएर बस्नुपर्ने बाध्यता छ । कारागारमा खेलकुद सामग्री, शौचालय र पुस्तकालय अभाव रहेको, सीप मूलक तालिमको व्यवस्था भएको कारागारका निमित्त प्रमुख जेलर अधिकारीका अनुसार पिउने पानी, शौचालय स्वास्थ्य परीक्षण जस्ता अत्यावश्यक कुरामा समेत समस्या रहेको छ । बिहान १० बजेदेखि ५ बजेसम्म बन्दीका आफन्त भेट्ने व्यवस्था मिलाइएको छ ।Karagar Rasuwa

इन्सेक प्रतिनिधिसँगको भेटमा कारागारमा कोठाहरू कम भएकोले बन्दीहरूलाई बस्न तथा सुत्नका लागि समस्या भएको कारागारका बन्दी देववाङदी तामाङले बताउँनुभयो । अन्य जिल्लाबाट सरूवा भएर आउने कारण बन्दी तथा थुनुवाको सङ्ख्या बढेपछि यस वर्ष क्षमताभन्दा बढी कैदि बन्दी रहेका हुन् ।


हेमनाथ खतिवडा