रसुवाका ३५ प्रतिशत नागरिक मात्र बीमाको पहुँचमा
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले ल्याएको सामाजिक शुरक्षाको महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमा २०७२ देखि लागू भएपनि यस वर्ष ३५ प्रतिशत नागरिकले मात्र स्वास्थ्य बीमा सेवा लिएका छन् ।
स्थानीय सरकारले स्वास्थ्य बीमाबारे सचेतनामुलक कार्यक्रम गर्न नसकेकोले बीमा प्रति नागरिक आकर्षण नभएको गुनासो छ ।
स्वास्थ्य बीमा बोर्डले समस्त नेपाली नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न कार्यक्रम सुरु भएको हो ।
जिल्लाको कुल जनसङ्ख्या ४६ हजार ६ सय ८९ रहेको जनगणना २०७८ को प्रतिवेदनले देखाएको छ । स्वास्थ्य बीमा बोर्ड रसुवाकी सृष्टि श्रेष्ठका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा २ हजार ९ सय ५८, कालिका गाउँपालिकामा १ हजार १ सय १३, नौकुण्डमा ९ सय ८६, गोसाइकुण्ड गाउँपालिकामा ८ सय ७० र आमाछोदिङमो गाउँपालिकामा ५ सय ८२ जना गरी जिल्ला भर कुल १६ हजार ९ सय ८९ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…