रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या
पर्वतमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ ।
नेपाल रेडक्रस सोसाइटी पर्वतले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याउने गरी गत बर्ष सुरुवात गरेपनि कर्मचारी अभाव र प्रविधि लगायतका समस्याले सञ्चालनमा ल्याउन नसकेपछि अहिले समस्या भएको छ ।
जिल्लामा एक सरकारी स्वामित्वको अस्पताल सहित विभिन्न नीजि स्वास्थ्य संस्थाहरु रहेपनि त्यहाँ उपचारका लागि आउने बिरामीहरूका लागि रगत अभाव हुने गरेको छ ।
पछिल्लो समय पर्वत अस्पतालमा शल्यक्रिया सेवा समेत सञ्चालनमा आएपछि रगतको अभाव झनै खड्किएको छ ।
‘शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत आवश्यक पर्छ, तर रगतको व्यवस्थापन हुन नसक्दा बिरामी अन्यत्र पठाउनुपर्ने अवस्था आएको छ ।’– जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर ढुण्डिराज पौडेलले बताउनुभयो ।
कतिपय बिरामीहरुका लागि सामाजिक सञ्जालबाट दाताहरुलाई हारगुहार गरेर समस्या समाधान गर्ने गरेको उहाँले बताउनुभयो ।
कुश्मा नगरपालिका–७ का प्रबिण धितालले असोज १५ गते पत्नी सरस्वती धिताल प्रसुति हुँदा शल्यक्रिया गर्नुपर्ने भएको र रगत उपलब्ध नहुँदा समस्या परेको बताउनुभयो ।
‘श्रीमती अस्पताल भर्ना भएपछि डाक्टरले रगत ल्याउन भन्नुभयो । मैले रेडक्रसमा खोजे तर भेटिन, त्यसपछि साथीलाई भनेर रक्तदान गरी रगत उपलब्ध गराइएको थियो ।’– उहाँले भन्नुभयो ।
उहाँले नेपाल आर्मीको केबल जङ्ग गुल्ममा कार्यरत युवालाई आफै अनुरोध गरेपछि समस्या समाधान भएको बताउनुभयो ।
रक्त सञ्चार केन्द्रको लागि पटकपटक आग्रह र आवश्यक उपकरण सामाग्री अस्पतालबाट उपलब्ध गराएपनि रेडक्रसले खासै चासो नदिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।
जिल्लामा ब्लड बैङ्क भएमा बिरामीलाई चाहिने रगत खोज्न भौतारिनुपर्ने बाध्यताको अन्त्य हुने उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति रुद्र रिमालले माग अनुसारको रगत पुग्ने गरी दिन नसकेको स्विकार गर्नुभएको छ ।
उहाँले अस्पताल तथा अन्य निकायबाट आधुनिक उपकरणहरु प्राप्त भएको भएपनि त्यसलाई व्यवस्थित गर्दै अगाडि बढ्न नसकेको र सेवा सञ्चालनका लागि प्रयासरत रहेको बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…