रकम नआउँदा पहिरो पीडितको घर निर्माण अलपत्र
सिलिचोङ गाउँपालिका-१ बेसिन्दामा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र भएको छ ।
सिलिचोङ-१ बेसिन्दाका ९७ घर परिवार ०७७ असार २८ गते राति आएको पहिराले विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारका लागि खाँदबारी नगरपालिका-७ स्थित भैरे डाँडामा घर निर्माण थालिएको भएपनि ०८० माघ महिनादेखि घर निर्माण रोकिएको हो । पहिरो पीडितको समयमा घर निर्माण हुन नसक्दा अझै टेण्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।
समयमा घर निर्माण हुन नसक्दा सिलिचोङ-१ बेसिन्दाका पहिरोबाट विस्थापित ५५ परिवारको चार वर्षयता पुनः स्थापना हुन सकेको छैन ।
जिल्ला विपद् व्यवस्थापन समितिको खातामा रकम नआउँदा ०८० माघ महिनाबाट घर निर्माण रोकिएको खाँदबारी नगरपालिका-७ का कार्यवाहक वडाध्यक्ष झलक कुसुलेले बताउनु भयो ।
सरकारले घर निर्माणका लागि दिने भनेको ५ लाख रुपियाँ रकम जिल्ला विपद् व्यवस्थापन समितिले भुक्तानी नगर्दा घर निर्माण बिचैमा अलपत्र परेको कार्यवाहक वडाध्यक्ष कुसुलेले बताउनु भयो । उहाँका अनुसार ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ । अन्य घरको २५ प्रतिशत मात्र काम सकिएको छ ।
पहिरोबाट विस्थापित भएको झण्डै साढे दुई वर्षपछि बेसिन्दा गाउँका पहिरो पीडितको घर निर्माण थालिएको हो । घर निर्माण अलपत्र भएपछि अस्थायी टहरामा बस्दै आएको पहिरो पीडित परिवार थप पीडामा परेका छन् ।
पहिरो पीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलबध गराउने निर्णय भएको थियो । सङ्घीय सरकारबाट रकम नआएपछि घर निर्माणको भुक्तानी गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो ।
पहिरो पीडितको आवास निर्माणका लागि ५ लाख ५० रुपियाँ तोकिएको थियो । आवास निर्माणको ५ लाख ५० रुपियाँ रकम प्राविधिकको मूल्याङ्कन अनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएपनि हालसम्म ५० हजार रुपियाँ मात्र भुक्तानी पाएका छन् ।
भैरे डाडाँमा ५५ परिवारको लागि ६९ रोपनी जग्गा १ करोड ३० लाखमा खरिद गरिएको थियो । पहिरोबाट विस्थापित ९७ परिवारमध्ये २५ घर चित्रे, १२ परिवार बखल्टुमटार र ५५ परिवार खाँदबारी अस्थायी रुपमा बसिरहेका छन् । पहिरो पीडितका लागि चित्रेमा ५१ दशमलव ५ रोपनी ७० लाख र बखल्टुममा १७ दशमलब ५ रोपनी ३४ लाखमा खरिद गरि पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ । सिलिचोङ-१ बेसिन्दाका नौ ओटा घर ओटा ०७७ असार २८ गते राति आएको पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।
भविन कार्की
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…