यौन हिंसा गरेको कसुरमा पाँच वर्ष कैदको फैसला
विद्यालयमा अध्ययनरत बालबालिकालाई यौन हिंसा गरेको कसुरमा पर्वत जिल्ला अदालतले फागुन १४ गते फलेवास नपा–६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक ५० वर्षीय खिलप्रसाद पौडेललाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।
सात वर्षीया दुई, १० वर्षीया एक र १२ वर्षीया एक गरी चारजना बालिकालाई यौन हिंसा गरेको भन्दै पौडेललाई प्रहरीले ०७५ साउन ६ गते गिरफ्तार गरेको थियो ।
पीडित बालिकाहरू टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि अभिभावकले सोध्दा बालिकाहरूले आपूmमाथि विगत एक वर्षदेखि हिंसा हुँदै आएको भनेपश्चात् पीडित पक्षले साउन ६ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएको थियो ।
जिल्ला अदालत पर्वतका न्यायाधीश सुर्यबहादुर थापाको इजलासले आरोपित पौडेललाई घटनामा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…