यौन हिंसा गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार
विद्यालयमा अध्ययनरत बालबालिकालाई अप्राकृतिक यौन अपराध गरेको आरोपमा फलेवास नपा-६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिमप्रसाद शर्मालाई साउन ६ गते गिरफ्तार गरेको छ ।
५० वर्षीय प्रधानाध्यापक खिमप्रसाद शर्माले विद्यालयमा विगत एक वर्षदेखि ७ वर्षदेखि १२ वर्षसम्मका ४ जना बालिकालाई यौन हिंसा गरेको आरोप लागेको छ ।
छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको एक पीडित बालिकाकी आमाले बताइन् ।
बालिकाहरूले अभिभावकसँग शिक्षकले हिंसा गरेको कुरा बताएपछि साउन ६ गते विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थीसहित छलफल गरिएको थियो ।
छलफलका क्रममा पीडित बालिकाहरूले प्रधानाध्यापकले आफूहरूलाई गर्ने व्यवहार सबैलाई बताएपछि देविस्थान प्रहरी चौकी फलेवासले प्रधानाध्यापकलाई नियन्त्रणमा लिएर सोही दिन जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले साउन ७ गते पीडित पक्षको लिखित उजुरी दर्ता गरेको छ । घटनाका आरोपित र पीडित पक्षसँग घटनासम्बन्धी सोधपुछ र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्वतका डिएसपी दिलिप घिमिरेले जानकारी दिए ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…