यौन शोषण घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा गौशाला नपा-५ स्थित जनता माविका ३८ वर्षीय शिक्षक रामदुलार साह सोनारलाई इलाका प्रहरी कार्यालय गौशालाले चैत २२ गते गिरफ्तार गरेको छ ।

बर्दिबास नपा-३ घर भएका शिक्षक साह विद्यालय नजिकै डेरा गरेर बस्दै आएका थिए । चैत २२ गते साँझ ५ बजेको समयमा प्रहरीको टोलीले यौन शोषण गर्दै गरेको अवस्थामा फेला पारी गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भू पोखरेलले बताए ।

बालिकालाई यौन शोषण गर्दै आएको भनेर चैत २२ गते नै इलका प्रहरी कार्यालयमा पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २२ गते नै जिल्ला अस्पताल जलेश्वरमा गराइएको प्रहरीले जनाएको छ ।


अजयकुमार साह