यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ १२ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिंजा गाउँपालिका – २ का ४० वर्षीय प्रकाशचन्द्र शर्मालाई प्रहरीले जेठ १० गते चामुण्डा बिन्दासैनी नगरपालिका – ७ दैलेख स्थित कर्णाली राजमार्गबाट गिरफ्तार गरेको छ ।

सिंजा गाउँपालिका – २ स्थायी घर भइ टिकापुर नगरपालिका – ९ कैलालीमा बसोबास गर्दै आएका शिक्षक शर्मा चन्दननाथ नगरपालिका – ७ महतगाउँ जुम्लास्थित जनता माध्यामिक विद्यालयमा अध्ययापन गर्दै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर यमबहादुर बुढामगरले जानकारी दिनु भयो ।

जेठ १ गते पीडित पक्षले दिएको उजुरीमा आरोपितले अपमानजनक र अस्वभाविक व्यवहार गरी यौन दुर्व्यवहार गरेको उल्लेख छ ।

उजुरीका आधारमा घटनाका आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर बुढामगरले बताउनु भयो ।


मानदत्त रावल