यौन दुर्व्यवहारको मुद्दा मुल्तबीमा राख्ने फैसला
१२ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–२ कुपही रम्पुराका १८ वर्षीय इन्दल खंगले यौन दुर्व्यवहार गरेको मुद्दा सप्तरी जिल्ला अदालतले चैत १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा ०७६ भदौ २९ गते दायर भएको सो मुद्दा न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको हो ।
पीडित बालिकालाई आरोपितले ०७५ असोज १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा असोज २ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ असोज ३ गते गरिएको थियो ।
विश्वकर्मा पूजाको अवसरमा भएको सांस्कृतिक कार्यक्रम हेर्न टोलका महिलाहरूसँग गएकी पीडित पिसाब फेर्न गएको मौका छोपी आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी थिइन् ।
गुहारको लागि चिच्याए पनि सांस्कृतिक कार्यक्रमको माइकको साउण्डले कसैले नसुनेको पीडितले बताएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले ०७५ असोज ४ गते उजुरी दर्ता गरेको थियो । आरोपित फरार रहेकाले हालसम्म गिरफ्तार गर्न नसकिएको प्रहरीले जनाएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…