यौन दुर्‍व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ललाई फकाई विवाहको नाटक गरी यौन दुरव्यवहार गरेको आरोपमा प्रहरीले वगाहा गाविस-१ का २० वर्षीय पिन्टु भनिने सुफियान महमद खानलाई रुपन्देही प्रहरीले माघ ५ गते बगाहाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २९ गते भारतमा लगेर बेपत्ता बनाएको भनी बालिकाकी आमाले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित खानलाई खोज्ने क्रममा पीडित बालिकाको अभिभावकको सहयोगमा बगाहाबाट गिरफ्तार गरेको जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भिम अस्पताल भैरहवामा माघ ५ गते गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेल बहादुर पाण्डेले बताए ।


रीमा बि.सी.