यौन दुर्व्यहारको घटना प्रमुख जिल्ला अधिकारीले मिलाए
धरान उमनपा- १८ मा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २४ वर्षीया महिला सुरक्षागार्ड माथि भएको यौन दुर्व्यहारको घटना प्रमुख जिल्ला अधिकारीले असोज ५ गते साँझ मिलापत्र गराएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईँ, जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलसहितले यौनजन्य दुर्व्यहार गर्ने आरोपितहरूलाई उन्मुक्ति दिएका हुन् ।
प्रतिष्ठान धरानको सुरक्षाका लागि ठेक्का पाएको केटिएम सेक्युरिटी सर्भिसका व्रान्ड एम्बेसडर एवम् हास्यकलाकार सन्तोष पन्त र केटिएम सञ्चालक रामेश्वर शाहले भदौ १ गते २४ वर्षीया एक महिला सुरक्षाकर्मी माथि यौन दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी छन्।
दुर्व्यवहार पछि पीडितले प्रहरीमा उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिन नमानेको पीडितले बताइन् । प्रहरीले उजुरी नलिएपछि जिल्ला प्रशासन कार्यालय पुगेकी पीडितलाई जबरजस्ती मिलापत्र गराइएको हो ।
प्रशासनमा उजुरी परेपछि प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा भएको छलफलमा पीडितलाई मिलापत्र गराइएको हो । यस विषयमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईँले द्वन्द्व निराकरणका लागि मिलापत्र गराइएको प्रतिक्रिया दिए ।
यसैबीच यौन दुर्व्यवहारको घटनामा मिलापत्र गराउन भएको छलफलमा पुगेका धरानका चारजना पत्रकारलाई प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईँले दुर्व्यवहार गरेको पत्रकारहरूले आरोप लगाएका छन् ।
छलफलको रिपोर्टिङ गर्न पुगेका कान्तिपुर दैनिकका सम्वाददाता धरान उमनपा-१५ का ४० वर्षीय प्रदीप मेयाङबो, विजयपुर एफएमका सह सम्पादक तथा औजार दैनिकका कार्यकारी सम्पादक धरान उमनपा-२३ का ३५ वर्षीय रणध्वज लोहार, पूर्णाङ्क साप्ताहिकका कार्यकारी सम्पादक धरान-१७ का ४० वर्षीय जनकऋषी राई र नेपाल पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष धरान-१९ का ३३ वर्षीय विकास चाम्लिङ माथि दुर्व्यवहार भएको हो ।
दुर्व्यवहार पछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईँले पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष केशव घिमिरेसहितको पत्रकार टोली समक्ष माफी मागेका थिए । उनले पत्रकार नचिनेको र आवेशमा आएर आफूबाट गल्ति भएको भन्दै गल्ती स्वीकार गरेर माफी मागेको घिमिरेले बताए ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…