यौन दुर्व्यवहार मुद्दाका कसुरदार गिरफ्तार

  ०८१ पुस ४ गते

गुलरिया नगरपालिका– ११ का २१ बसन्तकुमार कुर्मीलाई प्रहरीले ०८१ पुस ३ गते गिरफ्तार गरेको छ । नौ वर्षीया बलिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले २ महिना ४ दिन कैद सजायको फैसला भएको कुर्मीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ भदौ २५ गतेको इजालसले कसुर ठहर गर्दै २ महिना ४ दिन कैद सजायको फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

बालिकालाई ०८० असार १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । कुर्मीलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार १३ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अदालतको फैसलापछि फरार रहेका कुर्मीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गिरफ्तार गरी जिल्ला अदातलमा पठाएपछि बर्दिया कारागारमा सजाय भुक्तानका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो ।


प्रकाश पौडेल