यौन दुर्व्यवहार घटनामा कसुरदार ठहर गर्दै दुई वर्ष ६ महिना कैदको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले राप्ती गाउँपालिका –४ का २२ वर्षीय भुपाल थापालाई मङ्सिर ८ गते दुई वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले कैद सहित २५ हजार रुपियाँ जरिवाना र ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले बताउनु भयो ।
भण्डारीका अनुसार घटनामा सङ्लग्न सोही ठाउँका २२ वर्षीय इशव जिसी र २४ वर्षीय अर्जुन विकलाई जनही एक वर्ष कैद, १२ हजार ७ सय जरिवाना रुपिया र जनही २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
घटनामा सङ्लग्न राप्ती गाउँपालिका–४ का २३ वर्षीय प्रकाश नेपाली भने फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको भण्डारीले बताउनु भयो ।
पीडितलाई ०७७ साउन १६ गते आरोपितहरू यौन दुर्व्यहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय भालुवाङमा साउन १८ गते उजुरी दिएका थिए ।
प्रहरीले आरोपितहरूलाई साउन २० गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १८ गते लमही अस्पतालमा गरिएको थियो ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…