यौन दुर्व्यवहार घटनाको मुद्दामा अदालतद्वारा सफाइ

  ०७७ मङ्सिर ३० गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालतले मङ्सिर २८ गते खोटाङ, दिप्रुङ गाँउपालिका–५ का ३१ वर्षीय ध्रव पाण्डेलाई सफाइ दिएको छ ।

न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले आरोपितविरूद्ध पीडित पक्षले लगाएको अभियोग दाबी नपुगेकाले अदालतले सफाइ दिएको अदालतका श्रेस्तेदार नवराज कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७६ माघ १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १२ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई माघ १२ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ माघ १० गते गरिएको थियो ।


गणेश विष्ट