यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा

  ०८१ असोज १४ गते

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित मिर्चैया नगरपालिका-९ का २५ वर्षीय राकेशकुमार चौधरीविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ असोज १३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश इश्वरमणी ओझाको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०७६ चैत ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत ६ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत ६ गते भएको थियो ।

आरोपितविरुद्ध ०७७ चैत ३ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए तापनि आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।


दुर्गा परियार