यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला
नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते साढे १ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई १५ हजार रुपियाँ जरिवाना तिर्न र ३० हजार रुपियाँ क्षतिपूर्ति भर्न समेत फैसला गरेको इजलास अधिकृत कुमार सुबेदीले बताउनु भयो ।
अनुचित प्रभावमा पारी आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७९ मङ्सिर २५ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण ०७९ मङ्सिर २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७९ मङ्सिर २५ गते उजुरी दर्ता गरेको थियो । आरोपित मङ्सिर २८ गते गिरफ्तार भएका थिए ।
सप्तरी जिल्ला अदालतमा ०७९ पुस १७ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुस १८ गते बालकलाई संरक्षकको जिम्मा लगाउने आदेश गरेको थियो ।
बाख्रा चराउन २०७९ मङ्सिर १६ गते दिउँसो घरदेखि एक किलोमिटर उत्तर स्थित फुलबारी जङ्गल गएका बेला छुरा देखाई आँखा बाँधी आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…