यौन दुर्व्यवहार घटनाको कसुरमा कैद र जरिबाना
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बोदे बर्साइन नगरपालिका–८ काचनका २१ वर्षीय छोटु र ईबरेन्द्र भनिने यिवरेन्द्रकुमार यादवलाई जिल्ला अदालतबाट भदौ ३१ गते कैद तथा जरिबाना भएको छ ।
न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलासले आरोपितलाई कसुर ठहर गर्दै २० दिनको कैद फैसला भएको अदालतले जनाएको छ । यसका साथै आरोपितलाई ५ हजार रुपियँ जरिबाना गर्ने, ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने र फौजादरी कसुर पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गर्न लगाउने फैसला भएको छ ।
आरोपितले २०७९ असोज २४ गते राति बाल यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुबाले ०७९ असोज २६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले असोज ३० गते गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी बाल यौन दुर्व्यवहारमा उजुरी दर्ता गरेको थियो । पीडितको घरमा आरोपितले पछाडिबाट समाती यौन दुर्व्यवहार गर्दा पीडित जोरजोरले रुन कराउन थालेपछि आरोपित फरार भएको पीडितले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय कडरबोनाले २०७९ असोज ३० गते आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो । सप्तरी जिल्ला अदालतमा ०७९ कात्तिक २१ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासबाट कात्तिक २२ गते १ लाख रुपियाँ धरौटी माग गर्ने आदेश भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…