यौन दुर्व्यवहार घटनाको कसुरमा एक महिना कैद

  ०७९ असोज ७ गते

३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले डाक्नेश्वरी नगरपालिका–२ भुतहीका ३५ वर्षीय अकलेश यादवलाई असोज ५ गते एक महिना कैद र १ हजार रुपियाँ जरिबानाका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

न्यायाधीश नविनकुमार जोशीको इजलासले यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनु भयो ।

तरकारी किन्न ०७८ कात्तिक १४ गते भारतको लौकही बजार गइरहेका बेला बाटोमा नियन्त्रणमा लिई यादवले यौन दुव्र्यवहार गर्दै कुटपिट र लुटपिट गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७८ कात्तिक १५ गते उजुरी दिनु भएको थियो ।

पीडितको ०७८ कात्तिक १६ गते प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा घाउँजाँच र स्वास्थ्य परीक्षण भएको थियो ।

सप्तरी जिल्ला अदालतमा मङ्सिर २६ गते उजुरी दर्ता भएकोमा यादवलाई कैद र जरिबाना भएको अदालतले जनाएको छ । यादव ‘फरार’ रहेको प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल