यौन दुर्व्यवहार घटनाको आरोपित गिरफ्तार

बोल्न नसक्ने अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा-३ का २३ वर्षीय मिथुन सदालाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

पीडितकी आमाले यौन दुर्व्यवहार गरिरहेको देखेपछि आरोपित फरार भएकोमा प्रहरीले गिरफ्तार गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा कात्तिक ५ गते उजुरी दिएकी छिन् । प्रहरीले हालसम्म पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको छैन ।


मनोहरकुमार पोखरेल