यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लमही नपा–९ का २४ वर्षीय राजु बुढालाई भदौ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर अरूणकुमार सिम्खडाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण लमही अस्पतालमा भदौ २८ गते गरिएको छ ।


जे.एन.सागर