यौन दुर्व्यवहार घटनाका पीडित पक्षलाई वडाध्यक्षले धम्क्याएको आरोप
यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका भैरवी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरूलाई वडाध्यक्ष डिल्लीराम पुरीले धम्क्याएको पीडित पक्षले आरोप लगाएका छन् ।
आरोपित पुरीले फागुन १९ गते ४७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई फागुन २३ गते गिरफ्तार गरेको थियो ।
वडाध्यक्ष पुरीले सुरूमा जिल्ला प्रहरी कार्यालयमा उजुरी नदिन पनि दबाब दिएको र उजुरी दर्ता भइसकेपछि घरमा आएर अनावश्यक तनाव दिने गरेको पीडित पक्षको आरोप छ ।
आरोपितका जेठो छोरा रोज पुरीले यसको बदला लिने भन्दै फेसबुकमा स्टाटस् लेखेको समेत पीडित पक्षले जनाएको छ ।
यस घटनाबारे आरोपित वडाध्यक्ष पुरीलाई सोध्दा ‘बलात्कार प्रयत्न मात्र गरेको रहेछ यसलाई यतै मिलाउन सकिन्छ भने मिलाऊँ भनेको चाहिँ हो तर धम्क्याएको होइन’ भनी इन्सेकलाई प्रतिक्रिया दिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले धम्की घटनाका बारेमा मौखिक जानकारी मात्रै आएको, लिखित उजुरी आएमा आरोपितलाई कारवाही गरिने बताए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…