यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

  ०८१ असार २६ गते

१३ वर्षीया यौन दुर्व्यवहार पीडित बालिकाको परिवारलाई न्यायीक प्रक्रियामा अगाडि बढ्न इन्सेकले आर्थिक सहयोग गरेको छ ।

पीडित बालिकाको बुवाले कमजोर आर्थिक अवस्थाका कारण न्यायीक प्रक्रियामा जान समस्या भएको भन्दै सहयोग गरिदिन आग्रह गर्दै ०८१ असार २६ गते इन्सेक गण्डकी प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो ।

उक्त निवेदनका आधारमा इन्सेक गण्डकी प्रदेश कार्यालय मार्फत सोही दिन पीडित बालिकाको बुवालाई न्यायीक प्रकृयामा जान पाँच हजार रुपियाँ सहयोग प्रदान गरिएको छ ।

बालिकालाई सङ्खुवासभा स्थायी घर भई हाल कास्कीको मादी गाउँपालिका– ९ सिकलेस बस्ने २६ वर्षीय आयुष तामाङले असार २३ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितका बुवाले असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षको मौखिक उजुरी पछि प्रहरीले आरोपितलाई असार २३ गते नै गिरफ्तार गरि अनुसन्धान अगाडि बढाएको छ ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा ।