यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ ११ गते

१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ ।

अरिपितविरुद्ध पीडित पक्षले माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले जानकारी दिनु भयो ।


दयाराम आचार्य