यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ ११ गते

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ ।

पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आमाले माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी जेसी शाहले जानकारी दिनुभयो ।

ट्युसन पढ्न बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीको आधारमा ओरोपित शिक्षक केसीलाई माघ ९ गते गिरफ्तार गरेको डिएसपी शाहले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते मध्यविन्दु जिल्ला अस्पतालमा भयो ।


दयाराम आचार्य