यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ ५ गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।


रीमा बिसी